पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाग्मती नदीदेखि बर्दीबाससम्म सडक फराकिलो बनाउने तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। विकास निर्माणका कार्यले दीर्घकालीन रूपमा सहज यातायातको अपेक्षा गरिए पनि हाल दैनिक आवतजावत गर्ने सवारी साधन र सर्वसाधारणले धुवाँ–धुलो, सवारी जाम र यात्रामा ढिलाइ जस्ता समस्या भोग्नुपरेको छ।
निर्माणस्थल वरिपरि वातावरण प्रदूषण बढेको स्थानीयले गुनासो गरेका छन्। सम्बन्धित निकायले निर्माण कार्य छिटो सम्पन्न गर्दै यात्रु र स्थानीयको असुविधा कम गर्न आवश्यक व्यवस्थापन गर्नुपर्ने माग उठिरहेको छ।


