Suchana Vatika

नेकपा : देशले दुई प्रकारको अतिवादको सामना गरिरहेको छ

सारांश

  • नेकपाले देशले दुई प्रकारको अतिवादको चुनौती सामना गरिरहेको जनाएको छ।
  • युवाहरूको आन्दोलन दमन गर्ने प्रवृत्ति र राष्ट्रिय सम्पत्ति जलाउने प्रवृत्तिको नेकपाले विरोध गरेको छ।
  • नेकपाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि यी दुवै अतिवाद हानिकारक रहेको जनाएको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले अहिले देशले दुई प्रकारको अतिवादको चुनौती सामना गरिरहेको बताएको छ । 

मङ्गलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपाले सुशासनको पक्षमा आन्दोलन गर्ने युवाहरू विरुद्ध दमन गर्ने प्रवृत्ति र देशको सम्पत्ति जलाउने प्रवृत्तिको सामना गर्नुपरिरहेको बताएको हो । 

‘यतिबेला हाम्रो देश दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको छ। एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका शृङ्खलाहरू चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हाबी छ । अर्कोतर्फ, जनभावनालाई निहित समूहहरूको स्वार्थमा प्रयोग गर्दै लोकतन्त्रका आधारस्तम्भ मानिने राष्ट्रपति भवन, व्यवस्थापिका संसद्, सिंहदरबार, सर्वोच्च अदालत जस्ता राष्ट्रिय सम्पदामाथि आगजनी र आक्रमण गर्ने अर्को अतिवाद छ’, नेकपाले भनेकाे छ।

नेकपाले निहत्था युवाहरूको हत्या गर्नेहरू र निहत्था सुरक्षाकर्मी तथा नागरिकलाई आगोमा जल्न बाध्य पार्ने तथा राजनीतिक लाभका लागि उपयोग गर्ने दुवै प्रकारका अतिवादको सशक्त विरोध गर्ने बताएको छ । 

यी दुवै अतिवाद लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि गम्भीर रूपमा हानिकारक रहेको स्पष्ट पारेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.