Suchana Vatika

हेर्नुस् ड्रोन भ्यू – जनकपुरमा कांग्रेसको सभा यस्तो देखियो

जनकपुरको तिरहुतिया गाछीमा कांग्रेसले सभा आयोजना गरेको हो । सभामा सहभागी हुन पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू पनि पुगेका छन् ।

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले जनकपुरमा चुनावी सभा आयोजना गरेको छ । कांग्रेसले आजको यही सभामार्फत् चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गर्दैछ ।

जनकपुरको तिरहुतिया गाछीमा कांग्रेसले सभा आयोजना गरेको हो । सभामा सहभागी हुन पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू पनि पुगेका छन् ।

‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।

सभामा सहभागी हुन मधेश प्रदेशका विभिन्न जिल्लाहरूका उल्लेख्य मान्छेहरूको उपस्थिति रहेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.