विमानस्थल कार्यालयका अनुसार जनवरी २०२६ मा ७ लाख ५० हजार १ सय ८३ यात्रु आवागमन भएको तथ्यांक छ ।
Summary
- जनवरी २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ५० हजार १ सय ८३ यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा लिएका छन्।
- अन्तर्राष्ट्रिय यात्रु संख्या ४ लाख ३१ हजार ६ सय ३५ र आन्तरिक यात्रु संख्या ३ लाख १८ हजार ५ सय ४८ रहेको विमानस्थल कार्यालयले जनाएको छ।
- जनवरीमा आन्तरिकतर्फ ६ हजार ८ सय ९ उडान–अवतरण र अन्तर्राष्ट्रियतर्फ २ हजार ९ सय ४९ उडान–अवतरण भएका छन्।
६ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना (जनवरी) मा साढे ७ लाख यात्रुले सेवा लिएका छन् ।
विमानस्थल कार्यालयका अनुसार यो संख्या आन्तरिक र वाह्य दुवै उडान सेवा लिनेको हो । जनवरी २०२६ मा ७ लाख ५० हजार १ सय ८३ यात्रु आवागमन भएको तथ्यांक छ । यसमध्ये अन्तर्राष्ट्रिय हवाई यात्रु संख्या ४ लाख ३१ हजार ६ सय ३५ छ ।
आन्तरिक यात्रु संख्या ३ लाख १८ हजार ५ सय ४८ छ । काठमाडौं विमानस्थलबाट आन्तरिक हवाई यात्रु प्रस्थान १ लाख ६२ हजार २ सय ३१ र आगमन १ लाख ५६ हजार ३ सय १७ छ ।
अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट २ लाख १० हजार ८ सय ८७ यात्रु विदेश उडेका छन् । विदेशबाट नेपालमा २ लाख १९ हजार ३ सय ६१ आएको विमानस्थल कार्यालयको तथ्यांक छ ।