Suchana Vatika

गगनले गरे स्वागत – सर्लाहीको बलरा नगरपालिकाका पूर्वमेयर कांग्रेस प्रवेश

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा ४ हजार ३ सय २७ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

९ फागुन, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं ४ मा पर्ने बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेस प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति पार्टी प्रवेश गराएका हुन् ।

सिंहको निवासमै आयोजित कार्यक्रममा थापासहित कांग्रेसका केन्द्रीय तथा निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायत जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा ४ हजार ३ सय २७ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भने राजपाको विभाजनपछि लोसपाबाट मेयरका प्रत्याशी बनेका उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहासँग १ हजार १२ मतान्तरले पराजित भएका थिए ।

यसअघि सर्लाही–४ का लोसपा नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत दर्जनौं नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.