Suchana Vatika

सुन घट्यो एकैदिन तोलामा ११ हजार 

 Summary

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले २० फागुनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो र एकैदिन ११ हजार रुपैयाँ घटेको छ।
  • चाँदीको भाउ पनि तोलामा २७५ रुपैयाँ घटेर ५ हजार ५४० रुपैयाँमा झरेको छ।

२० फागुन, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै चाँदीको भाउ तोलामा २७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५४० रुपैयाँमा झरेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.