Suchana Vatika

२ बजे निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन

सारांश

  • निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिनेछ।
  • आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदानको तयारी पूरा भएको छ।
  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा ब्रिफिङ गर्नेछन्।

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । 

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देश सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ब्रिफिङ गर्न पत्रकार सम्मेलन राखिएको हो । 

‘बुधबार दिउँसो २ः ०० बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको छ’, भट्टराईले भने, ‘थप जानकारी त्यहीबाट पाउनुहुनेछ ।’ 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.