Suchana Vatika

२० प्रतिशत मतदान सुदूरपश्चिममा

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कूल तीन लाख ३८ हजार ४३२ मत खसेको छ ।

Summary

  • प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा २१ फागुनमा मतदान भइरहेको छ।
  • मध्याह्न १२ बजेसम्म सुदूरपश्चिम प्रदेशमा २० प्रतिशत अर्थात् तीन लाख ३८ हजार ४३२ मत खसेका छन्।
  • मतदानमा एक लाख ६८ हजार ७४५ महिला, एक लाख ६७ हजार ६७७ पुरुष र एक अन्य मतदाताले भाग लिएका छन्।

२१ फागुन, कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतदान चलिरहेको छ ।

मध्याह्न १२ बजेसम्ममा सुदूरपश्चिम प्रदेशका जिल्लामा २० प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कूल तीन लाख ३८ हजार ४३२ मत खसेको छ ।

एक लाख ६८ हजार ७४५ महिला, एक लाख ६७ हजार ६७७ पुरुष र एक अन्य मतदाताले मतदान गरेका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, डोटी, दार्चुला र बैतडीमा मतदान चलिरहेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.