Suchana Vatika

रास्वपाका सागर विजयी, प्रदीप ज्ञवाली दोस्रो हुँदा चन्द्र भण्डारी तेस्रो – गुल्मी-१ मा

Summary

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले गुल्मी क्षेत्र नम्बर-१ मा २९ हजार ६४२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
  • ढकालले आफ्नो जितलाई व्यक्तिगत उपलब्धि नभई ७६ जना शहीदहरूको बलिदानको परिणाम भएको बताएका छन्।
  • उनले समर्थकहरूलाई फूलमाला लगाएर स्वागत नगर्न आग्रह गर्दै काम गर्न आएका बताएका छन्।

२३ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार १५ हजार १८१ मत प्राप्त गरेका छन्

नेपाली कांग्रेसका १३ हजार ५०५ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बरालले ३ हजार १६७ र राष्ट्रिय जनमोर्चाका शेरबहादुर थापाले ६७१ मत प्राप्त गरे ।

विजयपछि प्रतिक्रिया दिँदै ढकालले आफ्नो जितलाई व्यक्तिगत उपलब्धि नभई शहीदहरूको बलिदानको परिणाम भएको बताएका छन् ।

उनले भने, ‘यो जित हाम्रो होइन, ७६ जना शहीदहरूको हो । हामी खुसी साट्न भन्दा पनि काम गर्न आएका हौं।’

उनले समर्थकहरूलाई फूलमाला लगाएर स्वागत नगर्न पनि आग्रह गरेका छन्।

‘फूलमाला हामीलाई होइन, सहिदलाई लगाउने हो। हामी यहाँ उत्सव मनाउन होइन, काम गर्न आएका हौं,’ उनले भने ।

जित पछि ढकालले चिदिचौरमा रहेको शहीद शमशेरबहादुर खत्रीको शालिकमा फूल माला लगाएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.