Skip to main content

Suchana Vatika

रास्वपाले कटायो ५० लाख एक करोड ४ लाख समानुपातिक मत गन्दा अरुको कति ?

स्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ । समानुपातिकमा ५० लाख कटाएसँगै रास्वपा समग्रमा दुई तिहाइ नजिकै पुगेको छ ।

२६ फागुन, काठमाडौं । प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएक छ ।

साढे १० बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ । समानुपातिकमा ५० लाख कटाएसँगै रास्वपा समग्रमा दुई तिहाइ नजिकै पुगेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६, तेस्रो भएको एमालेले १४ लाख १३ हजथार ६९ र चौथौ भएको नेकपाले ७ लाख ६७ हजार ३२७ मत पाएको छ ।

यस्तै, पाँचौ भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २५ हजार ३७५ मत ल्याएको छ ।

समानुपातिकतर्फ हालसम्म एक करोड ४ लाख ४३ हजार २७२ मतगणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.