सुर्खेत । रुकुम पश्चिमको सानाे भेरी नदीमा दुई जना बालिका मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरीि पुनका अनुसार, मृत भेटिनेमा बाफिकोट गाउँपालिका- ३ का १२ वर्षीया कल्पना ओली र १४ वर्षीया उर्मिला ओली रहेका छन्। उनीहरू दुवै जना एकै घरका दिदीबहिनी हुन्।
उनीहरु बाफिकाेट गाउँपालिका-३ काे भाम्लेस्थित सानाे भेरी नदीमा मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै १२ वर्षीया सपना ओली अझै बेपत्ता रहेकाे उनले बताए । ‘उनकाे खाेजीकार्य भइरहेकाे छ,’उनले भने।
उनीहरु साेमबार मुसिकाेट नगरपालिका-१ भलखाेलामा विवाह खान भन्दै घरबाट निस्किएका थिए ।
‘खाेला तर्दा बगेकाे हुन सक्ने अनुमान छ,’उनले भने,’ यद्यपि घटनाबारे अनुसन्धान पछि मात्र थाहा हाेला ।’