Suchana Vatika

मात्रिकाको सांसद पद कायम, किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालत गएका थिए ।

१ चैत, काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ ।

निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालत गएका थिए ।

तर, सर्वोच्चले उनको हकमा अन्तरिम आदेश जारी गर्न नपर्ने भनेको हो ।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासको यो आदेशसँगै हाललाई निर्वाचन आयोगको निर्णय यथावत रहेको छ ।

त्यसो हुँदा मात्रिका यादव निर्वाचित हुने भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय सदर हुने भएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.