Skip to main content

Suchana Vatika

कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार यी हुन्

खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको शीर्ष तहका एक नेताले जानकारी गराए ।

Summary

  • नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिला र ५ पुरुष उम्मेदवारको सूची निर्वाचन आयोगमा पेश गरेको छ।
  • खस आर्य क्लष्टरमा दुई पुरुष र चार महिला उम्मेदवारको नाम टुंगो लगाइएको छ।
  • आदिवासी जनजाति, थारु, दलित, मधेशी र मुस्लिम कोटाबाट विभिन्न महिला र पुरुष उम्मेदवारको नाम सिफारिस गरिएको छ।

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ ।

१५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले जानकारी गराएका थिए । खस आर्यबाट दुई पुरुषको नाम पठाइएको छ ।

अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी खस आर्य पुरुषबाट नाम पठाइएको छ ।

यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको शीर्ष तहका एक नेताले जानकारी गराए ।

आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ ।

यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे  र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्नेछिन् ।

थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार परेकी छन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै क्लष्टरबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.