Suchana Vatika

पहिलोपटक सर्लाही जाँदै गगन थापा चुनाव हारेपछि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी जिल्ला सर्लाही जाने भएका छन् । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा उनी सर्लाही– ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित भएका थिए ।

पार्टीले समीक्षा गर्नुअघि ‘एकपटक मतदाता र कार्यकर्तालाई भेट गर्ने कि केन्द्रीय समिति बैठक पछि जाने’ दोधारका कारण कार्यक्रमको तालिका भने तय नभएको कांग्रेसका एक नेताले जानकारी दिए ।

‘उहाँ केन्द्रीय समिति बैठकअघि एकपटक सर्लाही जाने कि पछि जाने भन्ने तय भएको छैन । आन्तरिक छलफलमा छौँ,’ ती नेताले शिलापत्रसँग भने ।

थापाले प्रतिनिधिसभा चुनावमा पार्टीले ३८ सिट मात्र ल्याएपछि अहिले आफूले के गर्ने र कसरी अघि बढ्ने भनेर समीक्षा गरिरहेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.