Suchana Vatika

रुकुमपूर्वमा २५० बढी यात्रु अलपत्र, हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै यात्रुहरूको उद्धारको प्रयास जारी राखेको छ तर हिमपात र वर्षा भइरहेकोले सडक खुलाउन कठिन भएको छ ।

७ चैत, रुकुमपूर्व । अविरल हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

शुक्रबार दिउँसोदेखि जारी हिमपातले जिल्लाको भूमे गाउँपालिका-१ अन्तर्गत पर्ने लुकुम-पातिहाल्ना सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ । सडक बन्द भएसँगै काठमाडौंबाट छुटेका रात्री बसहरूसहितका सवारीसाधन सो क्षेत्रमा अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार हालसम्म ७ वटा बस, एक जिप र ५ मोटरसाइकल हिमपातका कारण अघि बढ्न नसकी सडकमै रोकिएका छन् । ती सवारीसाधनमा सवार २५० भन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

लगातारको हिमपात र वर्षाका कारण सडक खुलाउने काममा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। त्यसमाथि, सो क्षेत्रमा दूरसञ्चार सेवासमेत अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा थप समस्या उत्पन्न भएको छ ।

प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै यात्रुहरूको उद्धारको प्रयास भइरहेको जनाएको छ। मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन कठिन छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.