Suchana Vatika

नेपाल विद्यार्थी सङ्घको राजनीति सडक संघर्ष, अब सदनमा त्यो आवाज : उर्मिला थपलिया

राजतन्त्रविरुद्ध सडकमा उत्रिएकी उर्मिला थपलियाले विद्यार्थी जीवनदेखि निरन्तर राजनीतिक संघर्ष गरिन् ।
अब उनी समानुपातिक सांसद बनेर संसद् छिर्दै छिन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते राजकीय सत्ता आफ्नो हातमा लिएपछि त्यसविरुद्ध सात राजनीतिक दल सडकमा थिए । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर सडकमा दिनहुँ विरोध जुलुस र धर्ना हुन्थे । त्यसको केन्द्रविन्दु बनेको थियो- पद्मकन्या क्याम्पस, बागबजार अनि पुतलीसडक ।

जहाँ पद्मकन्याका सयौं छात्रा सडकमा निर्धक्क प्रतिगमनका विरुद्ध आगो ओकेल्थे । त्यही भिडको अग्रमोर्चामा हुन्थिन्- उर्मिला अर्थात् सीता थपलिया ।

उनीसँगै विनिता अधिकारी, उमा शिवाकोटी, महेश्वरी कुँवर, सृजना अधिकारी, कृष्णकुमारी बस्नेत, टीका चौधरी, इन्जिला न्यौपाने, चन्दा अधिकारीलगायत विद्यार्थीको रुटिन नै बनेको थियो–आन्दोलनको । बिहान ९/१० बजेतिर जम्मा हुन्थे । दिनभर धर्ना, जुलुस हुन्थ्यो । प्रहरी धरपकड र दमनमा उत्रन्थ्यो । उनीहरु पछि हट्थेनन् । कफन बाँधेर निस्कन्थे । अश्रुग्यास चल्थ्यो । लाठीचार्ज हुन्थ्यो । घाइते हुन्थे । अस्पताल जान्थे । फर्कन्थे । बिहान ९/१० बजेबाट सुरु भएर अपराह्न ४/५ बजेसम्म चल्थ्यो । यतिबेला अखबारका पानामा सबैभन्दा बढी तस्बिर सम्भवतः पद्मकन्याका विद्यार्थीले गरेको आन्दोलनकै छापिन्थे । 

सात राजनीतिक दलको आन्दोलन निर्णायक हुन नसकेपछि सशस्त्र द्वन्द्वमा रहेको माओवादीसँग १२ बुँदे सहमति भयो । त्यसपछि सुरु भयो, सात दल र माओवादीको संयुक्त आन्दोलन । आन्दोलन सफल भयो । गणतन्त्र आयो । नयाँ संविधान जारी भयो । संविधान जारी भएर मुलुक नयाँ राज्य संरचनामा प्रवेश गरेको पनि १० वर्ष पुग्यो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.