Skip to main content

Suchana Vatika

‘लिडरसीप एकेडेमी’को कक्षा अनिवार्य कांग्रेस उम्मेदवारका आकांक्षीलाई

पार्टीले बनाएको पाठ्यक्रम अनुसार लिडरसीप एकडेमीको कक्षा लिएपछि मात्रै उम्मेदवार बन्न पाउने बाटो खुल्ने सभापति गगन थापाले जानकारी गराएका छन् ।

Summary

  • नेपाली कांग्रेसले आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि उम्मेदवार बन्न अनिवार्य रुपमा ‘लिडरसीप एकेडमी’को कक्षा लिनुपर्ने व्यवस्था गर्न लागेको छ।
  • सभापति गगन थापाले लिडरसीप एकेडमीको पाठ्यक्रम नीति प्रतिष्ठानले बनाउने र संयोजक उपसभापति हुने व्यवस्था रहेको जानकारी गराउनुभयो।
  • यो नयाँ मापदण्ड कांग्रेसका नयाँ र पुराना सबै सदस्यमा लागू हुने र शासकीय अनुभवलाई महत्व दिने बताइएको छ।

११ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट उम्मेदवार हुन इच्छुकले अनिवार्य रुपमा ‘लिडरसीप एकेडमी’को कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

पार्टीले बनाएको पाठ्यक्रम अनुसार लिडरसीप एकडेमीको कक्षा लिएपछि मात्रै उम्मेदवार हुनका लागि बाटो खुल्ने सभापति गगन थापाले जानकारी गराएका छन् ।

कांग्रेसको तर्फबाट उम्मेदवार हुन आकांक्षीले लिडरसीप एकेडेमीको पाठ्यक्रम नीति प्रतिष्ठानले बनाउने छ । नीति प्रतिष्ठान संयोजक उपसभापति हुने व्यवस्था छ ।

आगामी स्थानीय र प्रदेश निर्वाचनबाट लीडरसीप एकेडेमी सुरु गर्न लागिएको हो । उम्मेदवार चयन गर्नका लागि बनाउन लागिएको नयाँ मापदण्ड बारे सभापति थापाले भने, ‘स्थानीय र प्रदेश निर्वाचनमा जो साथीहरु आकांक्षी हुनुहुन्छ । उहाँहरुले लिडरसीप एकेडेमीमा आएर अनिवार्य तोकिएको पाठ्यक्रम र तोकिएको घण्टा अनुसारको अनिवार्य कक्षा लिनुपर्दछ ।’

उक्त व्यवस्था कांग्रेसमा आस्था राख्ने नयाँ व्यक्ति वा पुरानो सबैको हकमा लागु हुने सभापति थापाले जानकारी गराए । उनी भन्छन्, ‘चाहे त्यो नयाँ वा पुरानो साथीहरु हुनुहोस् । राजनीति गरेका अनुभवहरु भोलि कार्य क्षेत्रमा काम लागिहाल्छ । तर, शासकीय अनुभव लिएर जाने कुरा त्यत्तिकै महत्वपूर्ण छ ।’

तीन तहको चुनावमा उम्मेदवार हुनु अघि लिडरसीप एकेडेमीको कक्षा लिनुपर्ने मापदण्ड रास्वपाले समेत बनाएको छ । तर, लागु भने भएको छैन ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.