Suchana Vatika

हर्क साम्पाङ – सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन् ।

Summary

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताए।
  • उनीहरूले प्रतिपक्षमा रहेर पनि राम्रो काम हुँदा पूर्ण समर्थन गर्ने स्पष्ट पारेका छन्।
  • संसदमा नयाँ भएकाले सिक्नुपर्ने धेरै रहेको र जिम्मेवारी बोध धेरै भएको उनले बताए।

१२ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन् ।

शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको म्यान्डेट नै यही हो । तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ,’ उनले भने, ‘प्रतिपक्षी भन्नेबित्तिकै विरोध गरिहाल्ने भन्ने हुँदैन । राम्रो काम गर्दा हाम्रो पूर्ण समर्थन भइहाल्छ ।’

उनले यसपटकको संसद्‌मा आफूसहित धेरै नयाँ रहेको भन्दै सिक्नुपर्ने धेरै रहेको पनि बताए ।

‘नयाँ छौं सिक्नुपर्ने थुप्रो छ । पहिले प्रश्न गर्ने ठाउँमा थियौं । अहिले गाली खाने ठाउँमा आइयो । उत्साह थोरै छ, जिम्मेवारी बोध धेरै छ,’ उनले भने ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.