Summary
नेकपा एमालेका सांसदहरुलाई प्रतिनिधि सभाको शपथपछि केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ।
पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिने कार्यक्रम तय भएको छ।
ओली पिताको निधनपछि पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन्।
१२ चैत, काठमाडौ । नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ ।
प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने ।
उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।