Suchana Vatika

कसको कहाँ – ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदैछ।

उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ।

ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुनेछ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट पेस गरेकी थिइन्। त्यस्तै, लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले रिट निवेदन पेस गरेकी हुन्।

उनीहरू दुवैलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो।

पक्राउ परेका ओली टिचिङ अस्पतालमा भर्ना भएकाले उनको म्याद लिन प्रहरीले आइतबार भर्चुअल माध्यमबाट काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। लेखक भने स्वयं जिल्ला अदालतमा उपस्थित भएका थिए।

जिल्ला अदालतले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.