Suchana Vatika

बैठक जारी एमाले सचिवालयको

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो ।

 Summary

  • नेकपा एमालेको सचिवालय बैठक १७ चैतमा पार्टी कार्यालय च्यासलमा बसिरहेको छ।
  • सचिवालय बैठकमा पार्टीका आगामी कार्यक्रम र संसदीय दलको नेता चयनबारे छलफल हुने छ।
  • संसदीय दलको नेता चयनका लागि पहिलो बैठक १९ चैत दिउँसो २ बजे बोलाइएको छ।

१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो ।

गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।

पार्टी कार्यालय च्यासलमा आज आज जारी बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए । संसदीय दलको नेता चयनको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयनको तयारीमा छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.