Skip to main content

Suchana Vatika

उत्तरपुस्तिका परीक्षण एसईईको पहिलो दिनबाटै थालियो

‘पहिलो दिनको परीक्षा सकिएर धेरै ठाउँमा परीक्षण सुरु भएको रिपोर्ट आएको छ । परीक्षा भएको तीन दिनमा परीक्षणको काम सक्ने तयारी छ,’ उनले भने ।

Summary

  • माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण बिहीबारदेखि सुरु भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।
  • परीक्षणको काम तीन दिनभित्र सक्ने तयारी छ।
  • आफ्नो विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न नपाउने व्यवस्था गरिएको छ।

१९ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।

बिहीबार (आज) देखि सुरु भएको एसईईको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।

बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण सुरु भएको हो ।

पहिलो दिनको परीक्षा सकिएर धेरै ठाउँमा परीक्षण सुरु भएको रिपोर्ट आएको छ । परीक्षा भएको तीन दिनमा परीक्षणको काम सक्ने तयारी छ,’ उनले भने ।

केन्द्राध्यक्षको नेतृत्वमा परीक्षणको काम हुनेछ । जुन विद्यालयको विद्यार्थी हो त्यो विद्यालयको शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्न पाउने छैनन् ।

‘आफ्नो विद्यालयको शिक्षकले आफ्नो विद्यार्थीको परीक्षण गर्न मिल्दैन । एउटा विद्यालयको शिक्षकले अर्को विद्यलयको विद्यार्थीको परीक्षण गर्नेगरी रोस्टर बनाएको छ,’ नियन्त्रक अधिकारीले भने ।

परीक्षण र एक मिहनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ । यो वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसर्ईईका लागि फारम भरेका छन् । परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.