Skip to main content

Suchana Vatika

सेवा अवधि ९ देखि ४ बजे, अब बैंक पनि शनिबार र आइतबार बन्द

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ।

मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारको निर्णय अनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ।

यो व्यवस्था २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउनेछ।

नयाँ नियमसँगै बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समयसमेत परिमार्जन गरिएको छ।

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ।

केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न थालेका छन्।

कर्मचारीहरूलाई तोकिएको समयभन्दा अगाडि, बिहान ८ बजेर ४५ मिनेटसम्ममा कार्यस्थलमा उपस्थित हुन भनिएको छ, ताकि सेवा समयमै सुरू गर्न सकियोस्।

सरकारले इन्धन खपत घटाउने लक्ष्यसहित लिएको निर्णय अनुसार सेवा समयलाई व्यवस्थित गरिएको हो।

यसअनुसार ग्राहकले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ सेवा लिन सक्नेछन्।

यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा भने समय तालिका थप परिवर्तन हुनेछ।

सो अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित गरिनेछ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.