Suchana Vatika

विशेष महाधिवेशका लागि हस्ताक्षर अभियान रोक्न एमाले संस्थापन पक्षको निर्देशन

काठमाडौँ । एमाले संस्थापन पक्षले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका नेताहरुलाई बोलाएर उक्त अभियान रोक्न निर्देशन दिएको छ ।

कार्यवहाक अध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले हस्ताक्षर अभियान चलाइरहेका बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, युवा संघका उपमहासचिव उपेन्द्र शाही र अनेरास्ववियुका उपमहासचिव कमल जोशीलाई मंगलबार केन्द्रीय कार्यालय च्यासल बोलाएर छलफल गरेका हुन् ।

अभियानकर्ता नेताहरुले विशेष महाधिवेशनका लागि नेतृत्व तयार भए स्वतः रोकिने जवाफ दिएका हुन् ।

‘पार्टी सुधार गर्ने कुरामा बिमति छैन । तर अहिले हस्ताक्षर अभियान रोक्नुस्’ एमालेका तीन पदाधिकारीको आग्रह थियो । तर हस्ताक्षर अभियान चलाइरहेका नेताहरुले पार्टी पुनर्निर्माणका लागि विशेष महाधिवेशन आवश्यक भएकाले हस्ताक्षर अभियान सुरु गरेको तर्क गरेका थिए ।

‘केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटीबाट विशेष महाधिवेशनमा जाने निर्णय भयो भने हस्ताक्षर अभियान स्वतः रोकिन्छ,’  अभियान चलाइरहेका नेताको भनाइ थियो ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेको हस्ताक्षर अभियानमा संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा सबैभन्दा कमजोर निर्वाचन परिणाम ल्याएको भन्दै विशेष महाधिवेशनको माग गरिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.