Skip to main content

Suchana Vatika

प्रचण्ड- जे गर्नुभयो राम्रो गर्नुभयो, सुधनको राजीनामाप्रति

Summary

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरे।
  • गृहमन्त्री गुरुङले विवादमा तानिएपछि बुधबार पदबाट राजीनामा दिएका हुन्।

९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन् ।

गृहमन्त्रीले राजीनामा दिनुभएको बिषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.