Skip to main content

Suchana Vatika

पहिले पुनर्बासको व्यवस्था होस्, हर्क साम्पाङले भने– सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो

अध्यक्ष हर्क साम्पाङले भनेका छन्, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी बुट, बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले (संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको छ ।’

Summary

  • श्रम संस्कृति पार्टीले सुकुमवासी बस्ती भत्काउने सरकारको कदम संविधानको बर्खिलाप भएको भन्दै रोक्न माग गरेको छ।
  • अध्यक्ष हर्क साम्पाङले उचित क्षतिपूर्तिसहित पुनर्बास र व्यवस्थापन गरेर मात्र सरकार अघि बढ्न सुझाव दिनुभएको छ।
  • साम्पाङले जनताको घर भत्काउनु र राज्य आतंक मच्चाउनु सरकारको निरंकुश चरित्र देखाएको आरोप लगाउनुभएको छ।

११ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरु भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेको छ । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै सो पार्टीले यस्ता गतिविधि रोक्न माग गरेको छ ।

अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै उचित क्षतिपूर्तिसहित पुनर्बास र व्यवस्थापन गरेर मात्र अघि बढ्न सरकारलाई सुझाएका छन् ।

उनले भनेका छन्, ‘हाल सरकारले देशका विभिन्न स्थानहरुमा रहेका सुकुमवासी बस्तीहरुमा गरीब जनताका बासस्थान भत्काइरहेको घटना (संविधानको धारा ३७ को उपधारा १ को बर्खिलाप हुने गरीको घटना) प्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि अविलम्ब रोकी उचित क्षतिपूर्तिसहित उचित पुनर्बास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढोस् भन्ने सुझाव दिन्छौं ।’

सरकारले निरंकुश चरित्र देखाएको आरोप उनले लगाएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी बुट, बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले (संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको छ ।’

यस्ता घटनाले लोकतन्त्रको मूल्य मान्यतालाई पनि लत्याएको अध्यक्ष साम्पाङको टिप्पणी छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.