Skip to main content

Suchana Vatika

अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण, मनोहराको सुकुमवासी बस्तीमा

 Summary

  • काठमाडौंस्थित मनोहरामा रिपोर्टिङ गर्ने क्रममा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि स्थानीय बस्तीबासीहरूले साँझ करिब ७ बजे आक्रमण गरेका छन्।
  • उनको नाकमा चोट लागेको छ र आक्रमण सुरक्षाकर्मीको टोली डोजरसहित मनोहरामा पुगेपछि भएको हो।
  • सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने क्रममा उनीमाथि आक्रोशित समूहले आक्रमण गरेको थियो।

१२ वैशाख, काठमाडौं । काठमाडौंस्थित मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ ।

साँझ करिब ७ बजे  उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् ।

उनको नाकमा चोट लागेको छ ।

सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने पुगेका उनीमाथि त्यहाँ आक्रोशित समूहले आक्रमण गरेको थियो ।

दिउँसो थापाथली र  सिनामंगल खाली गराउँदा अवस्था शान्त थियो । तर मनोहरामा सुरक्षाकर्मीहरूको टोली डोजरसहित पुगेपछि स्थानीयहरू आक्रोशित भएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.