Skip to main content

Suchana Vatika

नि:शुल्क तालिम दिँदै सरकारले १२० जनालाई

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ।

 केन्द्रले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ६ वटा फरक-फरक विधामा तालिम सञ्चालन गर्न लागेको हो।

सूचना अनुसार बार टेन्डर, कम्प्युटर अपरेटर (बेसिक), एडभान्स कटाइ सिलाई, एडभान्स ब्युटिसियन, बेकर र वारिष्टा विषयमा तालिम दिइनेछ। प्रत्येक विषयका लागि २० जनाको कोटा निर्धारण गरिएको छ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आगामी २०८३ वैशाख २९ गतेभित्र आवेदन दिनुपर्ने मंगलबार जारी सूचनमा उल्लेख छ ।

675684309_995755396136650_8994456627008875529_n

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.