Skip to main content

Suchana Vatika

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनित कृष्ण सिटौलालाई हटाएर

राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् ।

  • कांग्रेस दलको राष्ट्रिय सभामा नेतामा कमला पन्तलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मनोनित गरेका छन्।
  • यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए र आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनयन गरेका छन्।
  • कांग्रेस विधानअनुसार प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ।

१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् ।

यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।

सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् । उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेकी थिइन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.