Skip to main content

Suchana Vatika

सीप सिक्दै युवा कीर्तिपुर होल्डिङ सेन्टरमा

काठमाडौँ । सरकारले उपत्यकाका थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु लगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएर त्यहाँ बस्दै आएका नागरिकलाई दशरथ रंगशालामा स्क्रिनिङ गरी कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा व्यवस्थापन गरिरहेको छ ।

यी होल्डिङ सेन्टरमा बस्दै आएका युवाहरु अहिले विभिन्न सीप सिक्न थालेका छन् । सिनामंगल गैरीगाउँबाट स्थानान्तरण भई कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा बसेका ४२ वर्षीय रबानी अन्सारीले त्यहीँ रहेका सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठलाई कपडामा बुट्टा हाल्ने काम सिकाइरहेका छन् ।

सानै उमेरदेखि यो पेशामा संलग्न अन्सारीले होल्डिङ सेन्टरमा बस्ने इच्छुकहरुलाई सीप हस्तान्तरण गर्दै आएका छन् ।

सीप सिक्दै गरेका सुमिन मगरले पहिले दिनभर कामबिनै बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अहिले भने समय उपयोगी बनेको बताए । “पहिले दिनभर सुत्ने र खाली बस्ने अवस्था थियो, अहिले दाइसँग बुट्टा हाल्ने काम सिक्दा समय खेर गएको जस्तो लाग्दैन,” उनको भनाइ छ ।

अन्सारीका अनुसार कपडामा बुट्टा हाल्ने पेशामा राम्रो आम्दानी गर्न सकिन्छ र बजारमा यसको माग पनि उच्च छ । उनले होल्डिङ सेन्टरभित्र मात्र नभई बाहिरका इच्छुक व्यक्तिलाई पनि निःशुल्क रूपमा सीप सिकाउन तयार रहेको बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.