Skip to main content

Suchana Vatika

अझै सार्वजनिक भएन रास्वपा सांसदहरूको सम्पत्ति विवरण

कानुनी व्यवस्थाभन्दा अगाडि बढेर राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा गरेको थियो ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा गरेको थियो।
  • हालसम्म १८२ जना रास्वपाका सांसदमध्ये केवल ५८ जनाले मात्र आफ्नो सम्पत्ति विवरण संघीय संसद् सचिवालयमा बुझाएका छन्।
  • सांसदहरूले जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ।

३० वैशाख, काठमाडौं । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्छ ।

कानुनी व्यवस्थाभन्दा अगाडि बढेर राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा गरेको थियो ।

२१ फागुनको चुनावका लागि रास्वपाले ल्याएको १०० बुँदे वाचापत्रको बुँदा नम्बर १६ मा यस्तो प्रतिवद्धता छ । जहाँ भनिएको छ, ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं ।’

निर्वाचनअघि र कार्यकाल पूरा भएपछि आफ्नो र आफ्नो परिवारको सम्पत्तिमा कति परिवर्तन आयो त्यसको स्वतन्त्र लेखा परीक्षण गराएर जनतासमक्ष सार्वजनिक गर्ने पनि रास्वपाको वाचापत्रमा छ ।

यी लगायतका वाचामार्फत रास्वपाले दुई सिट कम दुई तिहाइ मत प्राप्त गर्‍यो । यही शक्तिले सरकार पनि बनाएको छ । प्रतिनिधिसभा र प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति गठन लगायतका कार्य सकिएको छ ।

तर, सार्वजनिक पद धारण गर्नुअगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा रास्वपाका सांसदहरूले सांसद भएर पनि सार्वजनिक गरेका छैनन् ।

संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाका अनुसार केवल ५८ जना सांसदले आफ्नो सम्पति विवरण बुझाएका छन् । उनीहरूले संघीय संसद् सचिवालयको सांसद सुविधा शाखा शाखामा बुझाएका हुन् ।

जबकि, प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ जना सांसद् छन् । नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक जना स्वतन्त्र सांसद रहेका छन् । यसमध्ये ५८ जनाले मात्रै सम्पति विवरण बुझाएका हुन् ।

सांसदहरूले सम्पति विवरण बुझाउने समय भने बाँकी नै छ । संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाले यसअघि नै सूचना निकालेर सांसदहरूलाई आगामी जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन भनेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । यसअनुसार संसद् सचिवालयले सम्पति विवरण बुझाउन भनेको हो ।

यस्तो छ रास्वपाको वाचापत्र

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.