Skip to main content

Suchana Vatika

महिला कैदी फरार केन्द्रीय कारागारबाट

सुन्धारास्थित केन्द्रीय कारागारबाट २५ वर्षीया महिला कैदी सपना तामाङ फरार भएकी छन् ।
शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाएकी तामाङ शुक्रबार बिहान पर्खाल नाघेर भागेकी हुन् ।
कारागारका अधिकारीहरूका अनुसार उनले झ्यालबाट चढेर पर्खाल नाघेकी थिइन् ।

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना कैदी भागेका छन् । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ फरार भएकी हुन् ।

शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले रातोपाटीलाई बताए । नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो ।

कारागार कम्पाउन्डको झ्यालबाट चढेर उनले पर्खाल नाघेको केन्द्रीय कारागारका अधिकारीहरू बताउँछन् । त्यसबारे अनुसन्धान भइरहेको एसएसपी धितालले बताए ।

केन्द्रीय कारागारको सुरक्षा प्रमुखमा डीएसपी शैलेश न्यौपाने छन् । केन्द्रीय कारागारस्थित महिला बन्दी गृहमा २०८२ फागुन १ मा पनि  झडप भएको थियो । महिला बन्दी गृहमा ३ सय जना भन्दा बढी महिला कैदी बन्दीलाई राखिएको छ । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.