Skip to main content

Suchana Vatika

नेपालको विशाल योगफल भुर्तेलको शतकमा चीनविरुद्ध

  • एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले चीनविरुद्ध २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको छ ।
  • कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाउने क्रममा एकै ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका छन् ।
  • खेलमा कुशल मल्लले अविजित ८५ र रोहित पौडेलले अविजित ६९ रनको योगदान दिएका छन् ।

१७ जेठ, काठमाडौं । कुशल भुर्तेलको शानदार शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक अर्धशतक मद्दतमा एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध विशाल योगफल खडा गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो ।

कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाए । उनले ५ चौका र १६ छक्का प्रहार गरे । यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे ।

भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् ।

चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १-१ विकेट लिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.