Suchana Vatika

गगन थापा : प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक

‘देशका अडान हुन्छन्, त्यसका पछाडि केही प्रमाण, कथन हुन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ,’ सभापति थापाले भने ।

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले आइतबार प्रतिनिधिसभामा ‘भारतको जग्गा नेपालले मिचेको’ भन्ने विषय निन्दनीय रहेको टिप्पणी गरेका छन् । सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेनले बोलेको विषयमा आपत्ति जनाएका हुन् ।

‘हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता,  नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा  सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय छ । घोर आपत्तिजनक छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा यसको विरोध गर्छ । हामीले यो कुरा प्रस्ट भनेका छौं ।’

सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने उनले बताए । ‘देशका अडान हुन्छन्, त्यसका पछाडि केही प्रमाण, कथन हुन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ,’ सभापति थापाले भने ।

छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्नसकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले क्षीण बनाएको उनले टिप्पणी गरे ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.