Suchana Vatika

११४ रनको लक्ष्य नेपालले भुटानलाई दियो

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ तथा रुबिना क्षेत्रीले २४ रन जोडिन् । ६७-७ को अवस्थामा रहेको नेपालको लागि सीता र रुबिनाले ४० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

एसीसी महिला प्रिमियर कपको दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ ।
मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको हो ।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन् भने भुटानका सोनाम र छिरिङ जाङ्ग्मोले ३-३ विकेट लिए ।

२१ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफेर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर ११३ रन बनाएको हो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ तथा रुबिना क्षेत्रीले २४ रन जोडिन् । ६७-७ को अवस्थामा रहेको नेपालको लागि सीता र रुबिनाले ४० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भुटानका लागि सोनाम र छिरिङ जाङ्ग्मोले ३-३ तथा अन्जु गुरुङले २ विकेट लिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.