Skip to main content

Suchana Vatika

कामकारबाहीमाथि निगरानी बढाउने : कांग्रेसले सरकारका

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने भएको छ।

मन्त्रालयगत संयोजकहरूको आज बसेको बैठकले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निष्कर्ष निकालेको हो।

संसदीय दल नेता भीष्मराज आङ्देम्बे नेतृत्वमा आज बसेको बैठकले संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने र सरकारका कामबारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको हो।

मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे आज धारणा पनि राखेका छन्।

बैठकमा मन्त्रिपरिषदको निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको संसदीय दल नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।

साथै राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको हो।

मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय गरेको छ। आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने जनाएको छ। 

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसदमा रचनात्मक तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने तयारी गरेको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.