Suchana Vatika

एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त – दल त्याग गरेपछि

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो ।
पदमुक्त हुनेहरूमा ओखलढुङ्गा, पाल्पा, ललितपुर, मोरङ र दाङका वडाध्यक्षहरू रहेका छन् ।

काठमाडौम् । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो ।

एमालेको केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरेको भनी गरेको निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो । सोही जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगको मंगलबारको बैठकले उनीहरू निर्वाचित भएका पदहरू रिक्त भएको निर्णय गरेको हो ।

आयोगका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका वडाध्यक्षहरूको पद रिक्त भएको छ । पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. १ का कमल बहादुर बानिया र वडा नं. ६ का कमल तामाङ रहेका छन् भने चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुरेश कुमार थापाको पद पनि रिक्त भएको छ ।

यस्तै, पाल्पाको माथागढी गाउँपालिका–१ का राज कुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाई र मोरङको लेटाङ नगरपालिका–४ का राम कुमार श्रेष्ठको पद रिक्त भएको आयोगले जनाएको छ ।

मोरङकै रंगेली नगरपालिका–१ का महेश कुमार खनाल र दाङको घोराही उपमहानगरपालिका वडा नं। ४ का वडाध्यक्ष मधुसुदन शर्मा पनि पदमुक्त भएका छन् ।

719671086_1470254071086338_3628853588207294532_n

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.