Skip to main content

Suchana Vatika

 त्रिपाठी निर्वाचित – रास्वपा गण्डकी प्रदेश सभापतिमा

३० जेठकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् ।

त्रिपाठीले अन्य तीन जना उम्मेदवारलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । यसअघि उनी प्रदेशको महामन्त्री थिए ।

उनीसँगै  यसअघि प्रदेश सभापति एवंम सांसद रहेका राजन गौतममाधव कँडेल र हरिबहादुर कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा गौतमले  १८२ मत पाए । अर्का उम्मेदवार माधव कँडेलले ११ पाए भने  हरिबहादुर कार्कीले जम्मा २ मत मात्रै ल्याए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.