Skip to main content

Suchana Vatika

राप्रपा – लिङदेनलाई आरोप लगाउँदै अधिकारीले छाडिन्


राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन्।
उनले पार्टीले मूल सिद्धान्त र एजेन्डाहरू ओझेलमा पारेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आरोप लगाएकी छन्।
आन्तरिक लोकतन्त्र कमजोर भएको र व्यक्तिगत स्वार्थका लागि मूल एजेन्डाहरूलाई बिर्सिएको अधिकारीको भनाइ छ।

काठमाडौँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन् । उनले पार्टीले मूल सिद्धान्त छोडेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी अलग भएको घोषणा गरेकी हुन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै उनले राप्रपाले बोकेका मूल एजेन्डाहरू ओझेलमा परेकाले आफूले पार्टी छाड्नु परेको बताएकी छन् ।

‘नेपालमा बहुसंख्यक जनता सनातन हिन्दु परम्परा र ओमकार परिवारसँग आबद्ध हुँदाहुँदै पनि हामीले सडक, सदन वा सरकार—कुनै पनि तहमा ती मुद्दाहरूलाई आवश्यक दृढताका साथ उठाउन सकेनौँ। त्यसैले तपाईँ यी मुद्दा र विचारधाराको प्रभावकारी नेतृत्व गर्न असफल हुनुभएको निष्कर्षमा पुगेको छु’, अधिकारीले भनेकी छन् ।

आफू एजेन्डा र विचारका कारण राप्रपामा जोडिएपनि अहिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाएको र व्यक्तिगत पद तथा स्वार्थका लागि मूल एजेन्डाहरूलाई क्रमशः विस्मृत गराइएको बताएकी छन् । ‘आलोचनाभन्दा चाप्लुसीलाई प्राथमिकता दिने संस्कृतिले पार्टीलाई झन् कमजोर बनायो । विगतमा हामीले सुधारका लागि धेरै प्रयास गर्‍यौँ, तर ती सबै निष्फल भए’ अधिकारीले भनेकी छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.