Skip to main content

Suchana Vatika

सेयर किन्नेलाई लगभग सबै कम्पनीमा घाटा- उच्च मूल्यमा 

सेयर बजार परिसूचक नेप्से केही समयदेखि २७०० र २८०० विन्दुको अन्तरमा रहेर तल–माथि गरिरहेको छ।

बजारले स्पष्ट दिशा समात्न नसक्दा लगानीकर्तामा अन्योलता बढेको छ।

एक वर्षको अवधिमा ३००० विन्दुभन्दा माथिको उचाइ र २४८७ विन्दुको न्यून स्तर छोएको नेप्से हाल ती दुवै विन्दुको बीचमा अल्झिएको देखिन्छ।

सूचकमा आएको यो उतारचढावले विशेषगरी उच्च मूल्यमा सेयर बजार प्रवेश गरेका लगानीकर्तालाई बढी असर गरेको छ।

बजार घट्दा धेरै लगानीकर्ताहरूको पोर्टफोलियो राताम्मे बनेको छ। मूल्य उच्च हुँदा सेयर खरिद गरेका लगानीकर्तालाई मूल्य परिवर्तनको आधारमा हेर्दा लगभग सबै सूचीकृत कम्पनीहरूमा नोक्सान देखिन्छ।

नेप्सेको तथ्यांक अनुसार बुधबार कारोबार भएका ३५२ वटा स्क्रिपमध्ये दुइटामा मात्रै एक वर्षको उच्च मूल्यको तुलनामा लाभ देखिएको छ।

अपोलो हाइड्रो र सोपान फर्मास्युटिकल्समा मात्रै मूल्य परिवर्तनको आधारमा लाभ भएको देखिएको हो। यी केही समयअघि मात्रै सूचीकृत कम्पनी भएकाले पनि यिनको मूल्य उच्च तहमा छ।

त्यस्तै, ५० प्रतिशतभन्दा बढी मूल्य घटेका कम्पनी आठ वटा छन्— सुपर मादी हाइड्रोपावर, सिटी होटल, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, उन्नति सहकार्य लघुवित्त, रिभर फल्स पावर, नारायणी डेभलपमेन्ट बैंक, सिक्लेस हाइड्रोपावर र माइखोला हाइड्रोपावर।

यिनका लगानीकर्ताले एक वर्षको उच्च मूल्यमा खरिद गरेको अवस्थाममा आधाभन्दा बढी मूल्य गुमाइसकेका छन्।

नेपाली सेयर बजारमा समग्र बजार कमजोर हुँदा अधिकांश क्षेत्र एकैसाथ दबाबमा देखिने प्रवृत्ति छ। यस पटक पनि त्यही अवस्था देखिएको छ। बैंकिङदेखि हाइड्रोपावर, लघुवित्तदेखि उत्पादनमूलक क्षेत्रसम्म अधिकांश कम्पनीको मूल्य उच्च बिन्दुबाट उल्लेख्य रूपमा घटेको छ।

यसले बजारको कमजोरी कुनै एक क्षेत्रमा सीमित नरहेको संकेत गर्छ।

त्यस्तै, ८२ कम्पनीको सेयर मूल्य अहिले पनि आफ्नो एक वर्षकै न्यून मूल्य नजिक छ। यी कम्पनीहरूको मूल्य बुधबारसम्म एक वर्षको न्यून मूल्यबाट ५ प्रतिशत पनि माथि उक्लिन सकेको छैन।

यसमध्ये मुक्तिनाथ कृषि कम्पनी, गणपति लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र कालिका लघुवित्तको मूल्य न्यूनबाट एक प्रतिशत पनि वृद्धि हुन सकेको छैन।

बजारको पछिल्लो अवस्थाले लगानीकर्ताको मनोविज्ञानमा सुधार आउन नसकेको देखाउँछ।

सामान्यतया बजार बियरिस प्रवृत्तिमा आइनसके पनि धेरै कम्पनीको मूल्य न्यून विन्दु नजिक आइरहेका छन्। यसले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता नै बढी सक्रिय रहेको संकेत गर्छ।

जोखिम लिन चाहने लगानीकर्ताको संख्या घट्दै गएको र नयाँ लगानी भित्रिने गति पनि सुस्त देखिएको छ। यही कारण बजारले नयाँ उचाइ बनाउने आत्मविश्वास जुटाउन सकेको छैन। अधिकांश लगानीकर्तामा अन्योल रहेकाले उनीहरू अझै पर्ख र हेरको अवस्थामा छन्।  

यस्तो अवस्थामा लगानीकर्ताले सूचक वा मूल्यको उतारचढावभन्दा पनि कम्पनीको आधारभूत अवस्था, नाफा, रिजर्भ, लाभांश क्षमता तथा भविष्यको व्यावसायिक सम्भावना हेर्नु सही हुने विश्लेषकहरू बताउँछन्।

बजारमा निराशा बढेका बेला कमजोर कम्पनीभन्दा बलियो वित्तीय अवस्था भएका कम्पनीहरू तुलनात्मक रूपमा छिटो बढ्ने सम्भावना हुन्छ।

यस्तो समयमा मूल्य धेरै घट्यो भनेर खरिद गर्ने वा डरका कारण राम्रो कम्पनीसमेत बेच्ने निर्णय नगर्न विश्लेषकहरू सुझाउँछन्।

बजार दबाबमा रहेका बेला कम्पनीको वास्तविक अवस्था, मूल्यांकन र दीर्घकालीन सम्भावना अध्ययन गरेर मात्रै लगानी निर्णय गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ।

कम्पनीबुधबारको मूल्यएक वर्षको उच्च मूल्यफरक %
सुपर मादी हाइड्रो४९२१२३०५९
सिटी होटल४२३९९८५७
भूगोल इनर्जी३७५८७२५६
उन्नति सहकार्य लघुवित्त१२३९२७५०५४
रिभर फल्स८५२१८३५५३
नारायणी डेभलपमेन्ट बैंक८५२१८३५५३
सिक्लेस हाइड्रोपावर५८०११७७५०
माइखोला हाइड्रोपावर कम्पनी५०९१०२७५०
 कम्पनीबुधबारको मूल्यएक वर्षको न्यून मूल्य
मुक्तिनाथ कृषि कम्पनी११९९११९६
गणपति लघुवित्त१२४५१२४०
हिमालयन लाइफ३३५३३४
मनकामना इन्जिनियरिङ हाइड्रोपावर३५९३५७
नेपाल रिपब्लिक मिडिया३३७३३५
कालिका लघुवित्त वित्तीय संस्था ८४६८४०
सिक्लेस हाइड्रोपावर५८०११७७
माइखोला हाइड्रोपावर कम्पनी५०९१०२७

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.