Skip to main content

Suchana Vatika

३२ जना घाइते, उदयपुरमा स्कुल बस दुर्घटना

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।बा.२ ख ६४३८ नम्बरको बस असार ६ गते बिहान ९ बजे सडकबाट करिब २५ मिटर तल खसेको हो ।
घाइतेहरूलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएका छन् ।

६ असार, उदयपुर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

बा.२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ।

-अभिमन्यु लामिछाने

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.