Skip to main content

Suchana Vatika

अमेरिका समूह विजेता, पाराग्वेसँग हारेपछि टर्कीए बाहिरियो

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।

पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको छ ।
सहआयोजक अमेरिका लगातार दोस्रो जितसँगै एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमा गरेको गोल नै टर्कीविरुद्धको खेलमा निर्णायक बन्यो ।

६ असार, काठमाडौं । लगातार दोस्रो हारसँगै टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।

यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ काे  विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ ।

सबै टोलीले एकएक खेल्न बाँकी छ । हेड टु हेडका आधारमा अगाडि हुँदा अमेरिका समूह विजेता बन्ने निश्चित भएको हो ।

टर्कीएमाथि १–० को जित निकाल्दा पाराग्वेका माटियास गालार्जाले निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै पाराग्वेका लागि पर्याप्त भयो ।

पहिलो हाफको इन्जुरी समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भयो । त्यसपछि टर्कीएले लगातार दबाबमा राखेपनि गोल गर्न सकेन । खेलमा टर्कीएले ७९ प्रतिशत बल पाेजिसन राख्याे । ३२ सर्ट प्रहार गर्‍याे । तर, गाेलमा परिणत हुन सकेन ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.