Skip to main content

Suchana Vatika

अस्पतालका सुरक्षा गार्ड मृत फेला, सानोभेरी नदीमा

रुकुम पश्चिमको सानीभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ ।
मृतक सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा कार्यरत ४५ वर्षीय रामबहादुर ओली हुन् ।
नुहाउने क्रममा बगेको हुनसक्ने आशङ्का गरिएको छ ।

सुर्खेत । सानोभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका—७, का ४५ वर्षीय रामबहादुर ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, ओली आइतबार दिउँसो १ बजे घरबाट कसैलाई थाहै नदिई निस्किएका थिए ।

सोमबार बिहान साढे ७ बजेतिर सानीभेरी गाउँपालिका—४, मुसुखोला स्थित सानोभेरी नदीको बिच टापुसमा उनी मृत भेटिएको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

सोमबार बिहान साढे ७ बजेतिर सानीभेरी गाउँपालिका—४, मुसुखोला स्थित सानोभेरी नदीको बिच टापुसमा उनी मृत भेटिएको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार, ओली नुहाउने क्रममा बगेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्थे ।

सोमबार गाउँपालिकाले कर्मचारीको निधनमा शोक बिदा दिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.