Skip to main content

Suchana Vatika

साना नदीमा बाढीको जोखिम – आज पाँच जिल्लाका

बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ।
आज रुपन्देही, नवलपरासी, चितवन, बारा, इलाम र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको न्यून जोखिम रहने सम्भावना छ।
भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ।

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार हाल देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ। महाशाखाको बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सामान्य छ। यसै गरी कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव नियन्त्रणमै रहेको देखिन्छ।

आज रुपन्देही, नवलपरासी, चितवन, बारा, इलाम र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा भने बहाव उल्लेख्य बढ्ने सम्भावना छ। महाशाखाले यी क्षेत्रका साना नदीमा आकस्मिक बाढीको न्यून जोखिम रहन सक्ने पूर्वानुमान गरेको छ। तसर्थ ती नदी तटीय क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ।

भोलि र पर्सि भने कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने छ। महाशाखाले आगामी तीन दिनको मौसम र नदीको अवस्थालाई हेरेर तटीय क्षेत्रमा आवश्यक पूर्वतयारी र सतर्कता राख्न ध्यानकर्षण गराएको छ।

a
730414231_122225174264355476_2451015877880107821_n

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.