सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ।
प्रतिनिधि सभाको बैठक मिति दुई पटक सारिसकिएको छ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक तय गरिए पनि रास्वपा महाधिवेशन नसकिएकोले बैठक मिति सारिएको हो।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।
रास्वपा प्रथम महाधिवेशन चितवनको भरतपुरमा असार ७ गतेदेखि जारी छ। ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। पदाधिकारी भने निर्वाचन हुन बाँकी छ।
‘मन्त्रीहरू तथा सांसदहरू चितवनमै हुनुहुन्छ, बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ,’ उनले भने।