Skip to main content

Suchana Vatika

अर्जेन्टिनालाई २–० को अग्रता – जोर्डनविरुद्ध पहिलो हाफमा

पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि छ ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँग र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ सकिएको छ ।

पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि छ ।

जसमा खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले फ्री किकमार्फत गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३१ औं मिनेटमा डीबक्सभित्र जोर्डनका खेलाडीले फल गरेपछि रेफ्रीले ‘भीएआर’ हेरेर पेनाल्टी दिएका थिए । जसलाई लउतारो मार्टिनेजले गोलमा परिणत गरे ।

यसरी अर्जेन्टिनाले २–०को अग्रता कायम गरेको हो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.