Skip to main content

Suchana Vatika

तपाईंको नेतृत्वमा कम्युनिस्टहरू एकता हुने हो – विद्या भण्डारीलाई प्रश्न

मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आइतबार कार्यक्रम भयो।

पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले चार जना पूर्वप्रधानमन्त्रीहरूलाई एकै मञ्चमा उभ्याएकी थिइन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा सहसंयोजक माधवकुमार नेपाल र झलना खनाल पनि उपस्थित थिए।

सो कार्यक्रममा पनि कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र एकताको कुरा चलेको थियो। नेकपा संयोजक प्रचण्डले सदनदेखि चुनावसम्मै सहकार्य प्रस्ताव गरेका थिए।

कार्यक्रम सकिएपछि पूर्वराष्ट्रपति भण्डारीलाई पत्रकारहरूले सोधे- तपाईंको नेतृत्वमा कम्युनिस्ट एकता हुने हो? तपाईं नेतृत्व लिन तयार हो?

जबाफमा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसबारेमा पछि छलफल गर्नुपर्छ।’ पत्रकारहरूले फेरि प्रश्न सोधेका थिए- वाम एकताको नेतृत्व लिन तपाईं तयार हो कि होइन? जबाफमा उनले त्यही कुरा दोहोर्‍याइन्, ‘त्यो पछि छलफल गर्नुपर्छ।’

यसअघि उनले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक चुनावको नजिताका आधारमा कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न नहुनेमा जोड दिएकी थिइन्। भण्डारीले एमालेको सदस्यता नवीकरणसमेत गरेकी थिइन्।

पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड नजिकिएको र कार्यगत एकताका लागि तयार रहेको दाबी दुवै पार्टीका कतिपय नेताहरूले गर्ने गरेका छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.