Skip to main content

Suchana Vatika

सञ्चालनमा : शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुन

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।

केही समयदेखि बन्द रहेको यो कार्यक्रम नेपाल सरकारको स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत पाउनुपर्ने रकम उपलब्ध नहुँदा कार्यक्रम कार्यान्वयनमा कठिनाइ भएको थियो ।

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।

अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । केहिसमययता अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द थिए । केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रवीन्द्र भक्त तिमलाले  शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ओपीडी सेवामा आधारित बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको जनाएको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.