Skip to main content

Suchana Vatika

बालेन ‘पीएम डेलिभरी युनिट’ गठन गर्दै

यही असार १८ गते मन्त्रिपरिषदबाट स्वीकृत १८ बुँदे राष्ट्रिय प्रतिवद्धतामा उल्लेख भएका विषयको प्रभाकारी कार्यान्वयनका लागि अनुगमन तथा अन्तरनिकाय समन्वयको जिम्मेवारी ‘पीएम डेलिभरी युनिट’लाई दिन लागिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्बाट स्वीकृत १८ बुँदे राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न ‘पीएम डेलिभरी युनिट’ स्थापना गरिने भएको छ ।
उक्त एकाइले विभिन्न मन्त्रालय र निकायहरूले कार्यान्वयन गर्ने राष्ट्रिय प्रतिबद्धताहरूको प्रभावकारी अनुगमन तथा अन्तरनिकाय समन्वयको जिम्मेवारी वहन गर्नेछ ।
यो अवधारणा बेलायत, मलेसिया र रुवान्डामा अभ्यास भइरहेको प्रधानमन्त्री कार्यालयअन्तर्गतको नीति कार्यान्वयन अनुगमन संयन्त्रबाट प्रेरित रहेको छ ।

२८ असार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्यसम्पादन एकाइ (‘पीएम डेलिभरी युनिट’) स्थापना गरिने भएको छ ।

यही असार १८ गते मन्त्रिपरिषदबाट स्वीकृत १८ बुँदे राष्ट्रिय प्रतिवद्धतामा उल्लेख भएका विषयको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तथा अन्तरनिकाय समन्वयको जिम्मेवारी ‘पीएम डेलिभरी युनिट’लाई दिन लागिएको छ ।

बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भएकै दिन १३ चैतमा शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची जारी भएको थियो । उक्त कार्यसूचीबाहेक गत २१ फागुनको निर्वाचनमा सहभागी भएका र चुनावबाट आएका राष्ट्रिय मान्यताप्राप्त ६ वटा राजनीतिक दलहरूका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताहरूलाई समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार गरिएको छ ।

प्रतिबद्धतामा उल्लेख भएका कतिपय विषय आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भइसकेको छ । नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएका विषयहरूलाई भविष्यका सुधार एजेण्डासँग आवद्ध गर्दै लैजाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सबै प्रतिबद्धताहरूको कार्यान्वयन विभिन्न विषयगत मन्त्रालय तथा निकायहरूले आफ्नो वार्षिक कार्यक्रम र बजेटमा समावेश गरी गर्नेछन् ।

यसको समग्र कार्यान्वयन अवस्था हेर्न, अनुगमन तथा अन्तरनिकाय समन्वय गर्न पीएम डेलिभरी युनिट स्थापना गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेपालमा स्थापना गर्न खोजिएको ‘पीएम डेलिभरी युनिट’ नयाँ अवधारणा भने होइन ।

बेलायतमा पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको कार्यकालमा सन् २००१ मा एचष्mभ :ष्लष्कतभचुक म्भष्खिभचथ ग्लष्त (ए:म्ग्) स्थापना गरिएको थियो । यो मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेर प्रधानमन्त्रीलाई प्रत्यक्ष रिपोर्ट गर्ने संरचना थियो । यसको काम स्वास्थ्य, शिक्षा, अपराध नियन्त्रण, यातायातजस्ता सरकारका प्रमुख प्राथमिकताका क्षेत्रमा लक्ष्यअनुसार प्रगति भइरहेको छ कि छैन भनेर निगरानी गर्नु थियो । पछि बेलायतमा विभिन्न सरकारले यसलाई पुनर्गठन गर्दै लगेका थिए । पछिल्लो समय पनि प्रधानमन्त्री कार्यालयभित्र डेलिभरी सम्बन्धी संयन्त्र प्रयोग हुँदै आएको छ ।

मलेसिया, रुवान्डा लगायत देशमा पनि यस्तै खालको अभ्यास छ । रुवान्डामा प्रधानमन्त्री कार्यालयलाई नै सरकारका कार्यक्रम समन्वय र नीति कार्यान्वयन अनुगमन गर्ने महत्वपूर्ण भूमिका दिइएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.