सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत मण्डलको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।
बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ।
२८ असार,काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।
शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।
मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको छ । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।
अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार विवेकको आज शल्यक्रिया गरिंदैछ ।
२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगेका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो । यस्तै, शनिबार बुद्धनगरमा पनि एक जनाले आत्मदाहा गरेका छन् ।